ad ad

समाज


शेखर अर्यालसहित स्रष्टाहरुको साइनो सङ्ग्रह सार्वजनिक

शेखर अर्यालसहित स्रष्टाहरुको साइनो सङ्ग्रह सार्वजनिक

नेपालखबर
साउन १७, २०८० बुधबार १८:८, काठमाडौँ

साइनो विधामा एक साथ पाँच प्रकाशन सार्वजनिक भएका छन्। प्रज्ञा प्रतिष्ठानमा साइनो वाङ्मय चौतारीको पाँचौं वार्षिक उत्सवको अवसरमा सर्जकका पाँच सङ्ग्रह सार्वजनिक भएका हुन्।

साइनो ७, ८ र ९ शब्द संरचनाले बन्ने तीन लाइनको कविता विधा हो । २०७६ सालयता १७ संग्रह प्रकाशित भैसकेका छन्।

विहिबार नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति भूपाल राईको उपस्थितिमा साहित्यकार शेखर अर्यालको ‘साइनो मञ्जरी’, जमुना कायस्थको ‘साइनोका मुनाहरू’, छायादत्त न्यौपानेको ‘साइनो सिर्जना’, सिता सुवेदी पन्थीको ‘साइनो सुमन’ र संस्थागत रूपमा साइनो वाङ्मय चौतारीको ‘साइनो चौतारी’ सङ्ग्रह सार्वजनिक भएका छन्।

वार्षिक उत्सवमा समालोचक र कविहरुले साइनो लेखन परिस्कृत हुँदै आएको बताए। सङ्ग्रहहरुको विमोचन गर्दै प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले साइनो विधा विस्तार हुँदै गएको धारणा व्यक्त गरे। उनले हरेक क्षेत्रमा आफ्नो अस्तित्व विस्तार गर्न नयाँ नयाँ शैलीको प्रयोग हुने गरेको भन्दै साहित्य क्षेत्रमा साइनो विधा कविताको उपविधाका रूपमा देखिएको बताए।

कुलपति राईले नयाँ पुस्ताका स्रष्टाकालागि साइनो उपयुक्त विधा रहेको बताएका छन्।

शेखर अर्यालको साइनो मञ्जरीमाथि समीक्षा गर्दै साहित्यकार विष्णु ज्ञवालीले सङ्ग्रहभित्र ३०९ वटा रचना रहेको जानकारी गराए। उनले साइनो मञ्जरीले अहिले राजनीति परिस्थितिलाई व्यङ्ग्य प्रहार गरेको तथा कोभिड महामारीमा समाजमा देखिएको प्रभावलगायतका विषय उठान गरिएको पनि बताए।

साइनो चौतारीमा ७० स्रष्टाका ७ सय कृती समावेस रहेका छन्। समालोचक यज्ञेश्वर निरौला, षडानन्द पौड्याल, साहित्यकार केशव ज्ञवालीले साइनो र सग्रहका विषयमा धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .