उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग गरेका छन्।
प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का, प्रदेश सभा सदस्य राजन किराँतीसहितको टोलीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पुल निर्माणको माग गरेको हो।
उक्त टोलीले स्थानीय जनप्रतिनिध, कांग्रेस, एमाले, माओवादी, समाजवादी, चौदण्डी नगरपालिकाका सबै वडाअध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन्।
मन्त्री ज्वालाले ज्ञापनपत्र बुझ्दै चौदण्डीगढी नगरपालिका वडा नम्बर–५ मा सिवाई–बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आवश्वासन दिए।
उनले भने, ‘चौदण्डीगढी–५का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भक्तिएको पुलको पुनस् निर्माणको काम एक वर्षभित्रै हुन्छ। यसमा चिन्ता नलिन म आग्रह गर्दछु। काम नयाँ शिराबाट सुरू हुन्छ।’
साथै उक्त पुलको प्रक्रियामा लैजान केही समय लाग्ने र पुलको भेरिएशन मन्त्रिपरिषदबाट पास गराएर कामलाई द्रूत गतिमा अगाडि बढाउने प्रतिबद्धता मन्त्री ज्वालाले बताए।
यस्तै सडक विभाग विभागका निर्देशक सुशिलबा बाबु ढकालले उक्त पुलको टेक्निकल समस्याको सबै पत्ता लाउने बताए। उनले भने, ‘हामीले पुलको फिल्ड भिजिट नै गरेका थियौं। त्यसको बिम्ब र स्ल्याबसहितको निरीक्षण गरे रिपोर्ट आइसकेको छ। अब खाली प्रक्रिया र मन्त्रिपरिषदबाट भेरिएशन पास गराएपछि काम सुरू भइहाल्छ।’
यस्तै भौतिक मन्त्रालयका निमित्त सचिव ई. अर्जुङ जङथापाले आगामी बर्खा सिजनमा चौदण्डीगढी–५मा रहेको सिवाई–बेल्हा जोड्ने पुल सम्पन्न गर्ने गरी प्रक्रिया सुरू भइसकेको बताए।
यता, चौचण्डीगढी-५ का वडाअध्यक्ष तुलसी ढकालले अब पनि पुन निर्माणमा ढिलाइ भए माइतीघरमा आन्दोलन गर्ने चेतावनी दिए।
चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सिवाई-बेल्हा जोड्ने पुल २०६६ सालमा शिलान्यास भई २०७७–०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो। तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि अलपत्र अवस्थामा छ।
यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई–मधेशसँग जोड्ने गर्छ।
साथै, उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ।
बाढीले क्षति पुगेको पुलमा २५र २५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ। पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ।
पुलको निर्माण महालक्ष्मीरलोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो। पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो।
Shares

प्रतिक्रिया