ad ad

समाज


संसद्‍लाई सार्वजनिक लेखा समितिको आग्रह : एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनू

संसद्‍लाई सार्वजनिक लेखा समितिको आग्रह : एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनू

फाइल तस्बिर


नेपालखबर
साउन १४, २०८० आइतबार १७:१७, काठमाडौँ

सार्वजनिक लेखासमितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरुपमा भित्र्याएको एक क्विन्टल सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न संसद्को ध्यानाकर्षण गराउने भएको छ। 

लेखा समितिको आइतबारको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

‘यो विषय संसद्मा चलिरहेकाले समितिले निर्देशन दिन मिल्दैन। तर उच्चस्रतीय समिति बनाएर गम्भीररुपमा छानबिनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ,’ ज्येष्ठ सदस्यका रुपमा समितिको सभापति अर्जुननरसिंह केसीले बैठकका निर्णय सुनाउँदै भने।

लेखा समितिको बैठकमा अवैध सुन प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका लागि सांसदहरुले माग गरेका थिए। त्यस्तै, बैठकले ‘सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि, २०८०’ पारित गरेको छ।

सिँचाइ अभावका कारण अझै पूर्णरुपमा रोपाइँ हुन नसकेका र तराईका जिल्लामा देखिएको खानेपानी अभावबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ। 

समितिका सदस्यहरुले तराईका जिल्लामा खानेपानीको समस्या रहेको विषय उठाएपछि यो विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .