नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीको कमिसन कम गर्न अध्ययन गर्ने बताएको छ।
बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सार्वजनिक गर्दै ब्रोकर कम्पनीको कमिशन कम गर्न अध्ययन गरिने उल्लेख छ।
बोर्डको नीति कार्यक्रम भनिएको छ, ‘धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पुँजीमा पहुँच तथा कारोबारमा वृद्धि गर्न ििधतोपत्र बजार तथा व्यवसायीहरुले लिने शुल्क सम्बन्धमा अध्ययन गरिनेछ ।’
त्यसैगरी बोर्डले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न आवश्यक निर्देशन जारी गरिने उल्लेख गरेको छ।
यसो हुँदा बोनस पाउनको लागि लगानीकर्ता स्वयंले नै बोनसमा लाग्ने कर तिर्ने झन्झट बेहोर्नु पर्ने छैन।
त्यस्तै बोर्डले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने घोषणा गर्ने घोषणा गरेको छ।
Shares
प्रतिक्रिया