बाँकेबाट २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद भएको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ कुसुम बजारबाट सशस्त्र प्रहरीको टोलीले २१ लाख बरामदको रिचार्ज कार्ड बरामद गरेको हो।
नेपालगञ्जबाट तुल्सीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट सो मुल्यको रिचार्ज कार्ड बरामद गरेको हो।
शंकास्पद रुपमा देखिएको उक्त रिचार्ज कार्ड सुरक्षा बेश कुसुमले बरामद गरेको हो।
बरामद भएको रिचार्ज कार्ड राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ।
111
Shares

प्रतिक्रिया