ad ad

समाज


सामाखुसी बाढीमा बेपत्ता बालक अझै भेटिएनन्, चोभारमा खोजिँदै

सामाखुसी बाढीमा बेपत्ता बालक अझै भेटिएनन्, चोभारमा खोजिँदै

१३ वर्षीय साजन मगरको खोजी गर्ने क्रममा मंगलबार बिहान मञ्जुश्री बागमतीमा गोताखोर टोली। तस्बिर : नेपालखबर


नेपालखबर
साउन ९, २०८० मंगलबार १०:४७, काठमाडौँ

काठमाडौंको सामाखुसीमा तीन दिनअघि बाढीले बगाउँदा बेपत्ता बालक अझै फेला परेका छैनन्। 

गत आइतबार साँझ काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुसी खोलाको बाढीले बगाउँदा १३ वर्षीय साजन मगर बेपत्ता छन्। 

निरन्तर खोजी भइरहे पनि आज (मंगलबार) बिहानसम्म उनको अवस्था पत्ता लागेको छैन। 

उनको खोजी गर्दै आज बिहान गोताखोर टोली चोभारस्थित बागमती नदीसम्म पुगेको छ। तर वर्षा भइरहेको र पानी धमिलो भएकाले गाह्रो भइरहेको उद्धारकर्मीहरूले बताएका छन्।

बालकको खोजीमा मंगलबार बिहान मञ्जुश्रीस्थित बागमतीमा पुगेको उद्धार टोली। तस्बिर : नेपालखबर

सामाखुसीमा बस्ने बालक मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा पढ्थे। विद्यालयबाट फर्किएपछि उनी आइतबार साँझ खेल्न निस्किँदा बाढीले बगाएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .