ad ad

समाज


मकवानपुरसहित यी ११ जिल्लामा भारी वर्षा, बाढीपहिरोको जोखिम बढेपछि ‘अलर्ट’ जारी

मकवानपुरसहित यी ११ जिल्लामा भारी वर्षा, बाढीपहिरोको जोखिम बढेपछि ‘अलर्ट’ जारी

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८० मंगलबार ८:३१, काठमाडौँ

अहिले देशभर नै पानी परिरहेको छ भने कतिपय जिल्लामा ठूलो वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागले भारी वर्षा भएका स्थानमा सतर्कता अपनाउन भन्दै ‘अलर्ट’ जारी गरेको छ। 

विभागका अनुसार पछिल्लो ३ घण्टामा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली आसपास भारी वर्षा भएको छ। 

त्यसैले उक्त जिल्लाका साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम देखिएको तथा राजमार्ग बन्द हुनसक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन विभागले सुझाव दिएको छ। 

हेर्नुहोस् सूचना

यो पनिदिउँसो पाँच, राति तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .