ad ad

समाज


दरबारमार्गको कन्सर्टमा भीभीआईपी (तस्बिर)

दरबारमार्गको कन्सर्टमा भीभीआईपी (तस्बिर)

नेपालखबर
असोज ३, २०८१ बिहिबार १८:१२, काठमाडौँ

संविधान दिवसको अवससरमा काठमाडौँको दरबारमार्ग आयोजित ‘नेसनल डे कन्सर्ट’ जारी छ। 

कन्सर्टमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपरराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सरकारका अन्य मन्त्रीहरू लगायत उच्च पदस्थहरू कन्सर्टमा सहभागी हुन पुगेका छन्। 

वृहत नागरिक आयोजक समितिले आयोजना गरेको उक्त कन्सर्टमा विभिन्न कलाकारहरूको प्रस्तुती रहने बताइएको छ। 

सहभागीहरू राष्ट्रिय झण्डा बोकेर दरबारमार्ग क्षेत्रमा बाक्लो संख्यामा उपस्थित भएका छन्। 

राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका व्यान्डहरू र समूहहरूले पनि प्रस्तुती दिने बताइएको छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .