ad ad

समाज


पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८० मंगलबार ८:३४, काठमाडौँ

चितवनको कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

मंगलबार बिहान इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

पहिरो पन्छाउने काम भइरहेको जानकारी उनले दिएका छन्।

उनले भने, 'पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न  सकिँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .