सप्तरीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय नारायण सदा रहेका छन्।
उनीहरू समेतका ५ जनाले सोही नगरपालिका–५ स्थित नर्सरीमा ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
साथै घटनमा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
249
Shares

प्रतिक्रिया