कोशी


छात्रवृत्ति नबुझाउने इटहरीका दुई निजी विद्यालयको दर्ता खारेज

छात्रवृत्ति नबुझाउने इटहरीका दुई निजी विद्यालयको दर्ता खारेज

नेपालखबर
साउन ७, २०८० आइतबार २०:५५, काठमाडौँ

इटहरी उपमहानगरपालिकाले दुई वटा विद्यालयको दर्ता खारेजी गरेको छ। छात्रवृत्ति दिएको सूची उपमहानगरपालिकामा नबुझाएकाले दुई वटा विद्यालयको सञ्चालन अनुमति खारेज गरिएको महानगरपालिकाले जनाएको छ। 

दर्ता खारेज हुनेमा इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुल रहेका छन्।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम २५१९२० मा व्यवस्था भएबमोजिम शैक्षिक सत्र २०८० का गरेको छात्रवृत्तिको विवरण पेस नगरेकाले अनुमति खारेजी गरेको इटहरी उपमहानगरका शिक्षा महाशाखा प्रमुख उप सचिव सूर्यप्रसाद सुबेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

पटक पटक पत्र पठाउँदा पनि छात्रवृत्ति विवरण तोकिएको समयावधिभित्र समेत पेस नगरिएको पछि दुई विद्यालयको सञ्चालन अनुमति खारेज भएको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad