ad ad

समाज


आज कहाँ कहाँ पर्ला पानी?

आज कहाँ कहाँ पर्ला पानी?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन ३, २०८० बुधबार ८:३, काठमाडौँ

आज (बुधबार) विशेषगरी देशको पहाडी भूभागमा वर्षाको सम्भावना देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रहनेछ। यस क्रममा पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना देखिएको छ। 

यस्तै राति कर्णाली र सुदस्रपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र देशका बाँकी प्रदेशमा आंशिकदेखि  सामान्यसम्म मौसम बदली हुनेछ। यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

अहिले बिहान भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। 

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .