समाज


ऊर्जाउद्यमी कविता पोखरेललाई अमेरिकी अवार्ड

ऊर्जाउद्यमी कविता पोखरेललाई अमेरिकी अवार्ड

नेपालखबर
असार ३१, २०८० आइतबार १२:४३, काठमाडौँ

ऊर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड’ पाएकी छन्।

पोखरेल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्वाचित सचिव हुन्। 

उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष तथा लिबर्टी इनर्जी कम्पनी र आशा लघुवित्तकी सञ्चालक पनि हुन्। 

उनी करिअरको सुरुवातमा कर्मचारीका रुपमा कार्यरत थिइन्। अहिले उनी उद्यमीका रुपमा स्थापित भइसकेकी छन्। 

अर्थशास्त्रमा स्नातकोत्तर उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट काम थालेकी थिइन्। उनले बैंकहरुमा २३ वर्ष सेवा गरेको अनुभव छ।

उनले सन् २०१५ मा बैंकिङ करिअरबाट राजीनामा दिएर आफ्नै व्यवसाय थालेकी थिइन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा रहँदा उनले ग्राहक सेवा, ट्रेड फाइनान्स, रेमिटेन्स र वित्त जस्ता विभाग/इकाई प्रमुखको रूपमा काम गरेकी थिइन्। 

हाल उनी सीमान्तकृत महिलाहरूलाई आर्थिक समाधान प्रदान गर्ने 'डी' वर्गको राष्ट्रियस्तरको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडमा निर्देशकको रूपमा कार्यरत छिन्। 

यस संस्थाको देशभर ५१ शाखाहरू छन्। उनी उक्त संस्थाको जोखिम समितिको संयोजक पनि छिन्। बोर्ड र समितिलाई विभिन्न जोखिमसम्बन्धी समस्या र न्यूनीकरण योजनाबारे उनी सुझाव दिन पनि सक्रिय छिन्। 

यसबाहेक उनी जलविद्युत विकासकर्ताको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पा) की सचिव पनि हुन्।

उनी यसअघि कार्यकारी समिति सदस्य थिइन्। हालै सचिव पदमा निर्वाचित भएकी हुन्। उनले आफूलाई इप्पानको ऊर्जा नेपाल अभियानमा महिलाहरूको नेतृत्व गरिरहेको बताएकी छन्। 

ऊर्जा क्षेत्र र यससँग सम्बन्धित व्यवसायका विभिन्न तहहरूमा महिलाहरूको थप समावेशीकरणको वकालत गरिरहेको पनि उनको भनाइ छ।

अहिले इप्पान लगायत १९ निजी जलविद्युत कम्पनीहरूले विभिन्न तालिम र प्राविधिक सत्रहरु चलाइरहेका छन्। उनले आफू पुरुष प्रधान ऊर्जा क्षेत्रमा काम गरिरहेको बताउँदै महिलाहरूलाई पनि यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने प्रयास गरिरहेको बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad