ad ad

समाज


काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते

शुक्रबार बिहान चितवनको दासढुंगानजिक दुर्घटनामा परेको बस।


नेपालखबर
असार २९, २०८० शुक्रबार ७:५६, काठमाडौँ

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडी दासढुंगानजिक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आज (शुक्रबार) बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको हो। 

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटरजति तल खसेको हो। सडकबाट खसेको बस रूखमा अड्केको थियो। बसमा ४० जना यात्रु थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .