ad ad

समाज


प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष १६ हजार घुससहित समातिए

प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष १६ हजार घुससहित समातिए

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८० मंगलबार १७:४०, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना प्रधानाध्यापकलाई १६ हजार रुपैयाँ घुससहित मंगलबार पक्राउ गरेको छ।

काठमाडौंको गागलफेदीस्थित सिद्धि गणेश माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र  प्रधानाध्यापक बुद्धिविलास धिताल उक्त घुससहित समातिएका हुन्। 

उनीहरुले शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको टोली मंगलबार गागलफेदी पुगेको  थियो। 

उनीहरुले १६ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गागलफेदी बसपार्कबाट अख्तियारको टोलीले पक्राउ गरेर हिरासतमा लिएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .