ad ad

राजनीति


ललिता निवास जग्गा प्रकरणमा जोडिएका कसैलाई पनि उन्मुक्ति दिन हुँदैन : नेपाल

ललिता निवास जग्गा प्रकरणमा जोडिएका कसैलाई पनि उन्मुक्ति दिन हुँदैन : नेपाल

नेपालखबर
असार २६, २०८० मंगलबार १७:४२, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितताबारे छानबिन गरिनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे।

ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए।

आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत् छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको उनको भनाइ थियो। सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्ने उनको भनाइ छ।

भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै उनले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकार पाँच वर्षसम्म बलियो भएर अघि बढ्ने समेत दाबी गरे। उनले वर्तमान सरकारलाई टिकाइराख्नका लागि गठबन्धन दलभित्र छलफल चलिरहेको समेत बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .