समाज


सप्तरीको सप्तकोसीमा पनि देखियो डेंगु

सप्तरीको सप्तकोसीमा पनि देखियो डेंगु

नेपालखबर
असार १३, २०७६ शुक्रबार ४:५४,

सप्तरीको सप्तकोसी नगरपालिकामा पनि डेंगु रोग देखापरेको छ।

सप्तकोशी नगरपालिका-२ की २६ वर्षीया अनिता राजधामीको रगत परीक्षण गर्दा डेंगु संक्रमण देखिएको हो।

निरन्तर ज्वरो आएपछि कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको रगत परीक्षण गरिएको थियो।

रगत जाँच गर्दा राजधामीमा डेंगु संक्रमण पाइएको कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए।

उनकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट संक्रमण आएको हुनसक्ने अनुमान स्वास्थ्यकर्मीले गरेका छन्।

यसअघि असार ४ गते कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरीमा डेङ्गु रोगको संक्रमण देखिएको थियो।

उनका दाजु ३२ वर्षीय देवकान्त चौधरी डेंगुले सङ्क्रमित भई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका बेला घर फर्किएका रमाकान्तको परीक्षण गर्दा रमाकान्तमा समेत संक्रमण फेला परेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिए।

दुवै दाजुभाइ धरानमा फलामको ग्रिल बनाउने मजदुर हुन्। रमाकान्तको असार ५ गतेदेखि कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

डेंगु संक्रमण फेला परेपछि कञ्चनरूप र सप्तकोसी दुवै नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ । कञ्चनरूप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले विभिन्न वडामा गई ज्वरो आएका ३१ बिरामीको रगत परीक्षण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad