समाज


जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिए

जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिए

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८० आइतबार २१:५८, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन्। 

उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ। 

जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्।

विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शंकास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए।

‘उक्त विषयमा अध्ययन हुँदैछ, भोलि छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने।

उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad