ad ad

समाज


बालुवाटार जग्गा प्रकरण : बन्दीको रिटमा आज पनि सुनुवाइ नहुने

बालुवाटार जग्गा प्रकरण : बन्दीको रिटमा आज पनि सुनुवाइ नहुने

नेपालखबर
असार २१, २०८० बिहिबार ११:३८, काठमाडौँ

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका बन्दीको रिटमा आज पनि सुनुवाइ नहुने भएको छ। 

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी तोकिए पनि उनीहरुले हेर्न नमिल्ने भएकाले आज सुनुवाइ नहुने भएको हो।

इजलासका न्यायाधीश कुमार रेग्मी आफैँ बालुवाटार जग्गा प्रकरणमा जोडिएका थिए। यस्तै उनी हाल पक्राउ परेका मीनबहादुर गुरुङका कानुन व्यवसायी थिए। 

बालुवाटार जग्गा प्रकरणसम्बन्धी ५ वटा रिट आज एकसाथ पेसीमा चढाइएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका ३ जनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्। उनीहरुले आफूलाई रिहा गर्न माग गरेका छन्। यस्तै यसअघि सर्वोच्चले नै अन्तरिम आदेश दिँदै १७ जनालाई पक्राउ नगर्न आदेश दिएको टीकाराम घिमिरेसहितको रिट पनि सँगै पेस गरिएको थियो। 

प्रहरीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न ७ दिन म्याद लिएपछि सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो।

उक्त रिटमा प्रारम्भि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले गत शुक्रबार २४ घण्टाभित्रमा लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको थियो। 

उक्त आदेशअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहितका विपक्षीले लिखित जवाफ दिइसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .