ad ad

राजनीति


हेटौँडामा पनि ‘राष्ट्रपतिलाई सहयोगार्थ’ १ रुपैयाँ संकलन

हेटौँडामा पनि ‘राष्ट्रपतिलाई सहयोगार्थ’ १ रुपैयाँ संकलन

नेपालखबर
असार २१, २०८० बिहिबार ११:३८, काठमाडौँ

बागमती प्रदेशको राजधानी हेटौँडामा पनि राष्ट्रपति रामचन्द्र पौडेललाई सहयोगार्थ १ रुपैयाँ संकलन अभियान सुरु भएको छ।

अनेरास्ववियुले काठमाडौं, चितवन,  सुनसरी, मोरङसहित विभिन्न जिल्लामा राष्ट्रपतिलाई उपचार खर्च भन्दै १ रुपैयाँ अभियान चलाइरहेका छन्।

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले १ रुपैयाँ संकलन अभियान सुरू गरेको हो। अनेरास्ववियुले जिल्लाको मकवानपुर बहुमुखी क्याम्पसबाट अभियान सुरु गरेको हो। अनेरास्ववियुका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज भूवन मैनालीले बिहीबार बिहान क्याम्सबाट १ हजार ३१३ रुपैयाँ चन्दा संकलन भएको जानकारी दिए।

उनले अभियान अन्तर्गत बजार क्षेत्रमा पनि १ रुपैयाँ संकलन गर्ने तयारी रहेको बताए। उनले अभियान मार्फत उठ्ने पैसा जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने बताए ।

काठमाडौंसहित देशको विभिन्न जिल्लामा विद्यार्थीहरुले राष्ट्रपतिलाई उपचार खर्च भन्दै १ रुपैयाँ अभियान चलाएका छन्। भारतमा उपचार गर्दा लागेको खर्च आफैँले तिर्ने वचन दिएका राष्ट्रपति पौडेलले नतिर्ने भएपछि अनेरास्ववियुले सहयोग अभियान चलाएको हो।

केही दिन अघि परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको उपचार खर्च ५५ लाख उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .