नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एकजना किसान नेतालाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ।
पार्टीका जिल्ला सदस्य तथा किसान संगठनका जिल्ला संयोजक रोहितप्रसाद पन्तलाई बुधबार राति ११ बजे शहीद लखन गाउँपालिका – ४ को राइनासबाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
राइनासमै स्थायी घर भएका पन्तलाई कुरिनटार प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएका एसपी भोला रावलले जानकारी दिए।

प्रतिक्रिया