ad ad

समाज


कोटहीमाई गाउँपालिकाका इन्जिनियर यादव ४५ हजार घुससहित पक्राउ

कोटहीमाई गाउँपालिकाका इन्जिनियर यादव ४५ हजार घुससहित पक्राउ

नेपालखबर
असार २०, २०८० बुधबार १७:३९, काठमाडौँ

रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादव ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवलाई ४५ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।

कोटहीमाई गाउँपालिका–७ अन्तर्गतको सडक पीसीसी र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग यादले घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आज (बुधबार) नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .