समाज


४४ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ

४४ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ

नेपालखबर
असार १३, २०८० बुधबार १८:५४, काठमाडौँ

सामुहिक बलात्कार तथा हत्या मुद्दामा ४४ वर्ष कैद सजाय सुनाइएका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको साविक छतिवन गाविस–९ कालीखोला घर भई हाल हेटौँडा उप महानगरपालिका वडा नं १७ बस्ने वर्ष ३३ को सूर्य थोकर भन्ने सूर्य बहादुर थोकर रहेका छन्।

विस. २०६८ साल असोज २६ गते राति अन्दाजी १ बजेको समयमा मकवानपुरको छतिवन गाविस–९ दोभानस्थित ठूलीकान्छी बललाई सूर्यसहित गणेश घ्यावा, चेत बहादुर भोलन समेतका प्रतिवादीहरुले उनको घरमा गई पालै पालो बलात्कार गरी धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए।

सो मुद्दामा मकवानपुर जिल्ला अदालतको २०७८ वैशाख ५ गतेको फैसलाले ४४ वर्ष कैद सजाय भई घटनाको सुरुवात देखि नै फरार रहेका सूर्यलाई जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं। १२ स्थित गाईघाट एरियामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा अपराध अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

उनलाई थप कानुनी कारबाहीको लागि मकवानपुर जिल्ला अदालत पेश गरिएकोमा कैद भुक्तानको लागि भिमफेदी कारागार पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad