ad ad

समाज


बसुन्धरामा ‘अब मर्‍यो’ लेखेर राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

बसुन्धरामा ‘अब मर्‍यो’ लेखेर राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

नेपालखबर
असार १२, २०८० मंगलबार १०:४२, काठमाडौँ

काठमाडौंको बसुन्धरामा आज (मंगलबार) बिहान फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार टोखा नगरपालिका वडा नम्बर ७, बसुन्धरास्थित एक स्कुलको मेनगेट अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो। 

तर्साउन बमजस्तो बनाएर राखिएको त्यो वस्तु तार र क्यालकुलेटर जोडिएको टिनको बट्टा भएको पाइएको उनले बताए।

बिहान साढे ७ बजे स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। 

‘बसुन्धरामा वेस्टर्न स्कुलको मेन गेटअगाडि टिनको बट्टामा तार र क्यालकुलेटर जोडी कागजमा ‘अब मर्‍यो’ लेखिएको रहेछ’, एसपी रिजालले भने, ‘डिस्पोज भइसकेको छ।’

उक्त वस्तु फेला परेपछि घटनास्थलमा केही बेर त्रास सिर्जना भएको थियो भने यातायातसमेत अवरुद्ध भएको थियो।  

उक्त वस्तु राख्ने व्यक्ति पहिचान भइनसकेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .