ad ad

समाज


मिलेर बसेका सासू-बुहारीलाई गाउँपालिकाले गर्‍यो सम्मान

मिलेर बसेका सासू-बुहारीलाई गाउँपालिकाले गर्‍यो सम्मान

रासस
असार १२, २०८० मंगलबार १०:३८, काठमाडौँ

पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सिन्धुलीको फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो ।

यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू–बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिए। गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासू–बुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको उनले बताए।

प्रत्येक वडाका उत्कृष्ट सासू–बुहारीलाई खोजी हरेक वर्ष गाउँपालिकाले सम्मान गरिने कार्यलाई निरन्तरता दिने उनको भनाइ थियो। ज्येष्ठ नागरिकलाई गरिने व्यवहार सकारात्मक र बुहारीलाई पनि छोरीसरह व्यवहार होस् भनेर गाउँपालिकाले सम्मान गर्दै आएको र सबै वाडामा यसै प्रकारले सम्मान गरिने उनको बताए।

गाउँपालिकाले मेलमिलापका साथ सासू–बुहारीसँगै बसेका छ वडाका १२ सासू–बुहारीलाई प्रमाणपत्रसहित दोसल्ला आढाएर सम्मान गरेको छ। सम्मानित हुनेमा वडा नं १ का मुसीमाया कामी, अन्जना विक, वडा नं २ का बालकुमारी मगर, गङ्गाकुमारी मगर, वडा नं ३ का कल्पना कुमारीश्रेष्ठ, मुना श्रेष्ठ, वडा नं ४ का मैया आले र लीलाकुमारी मगर, वडा नं ५ शिवकुमारी घिमिरे, पार्वती घिमिरे र वडा नं ६ का बुद्धमाया मगर र जमुना मगर रहेका छन्।

उनीहरूलाई सासूले बुहारीलाई छोरी समान र बुहारीले सासुलाई आमाको भूमिकामा राखेको जनाउँदै सम्मान गरिएको हो। गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले समाजमा सासू–बुहारीबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउनुपर्नेमा जोड दिइन्।

अब सासु होइन आमा र बुहारी नभई छोरीको सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .