माघे संक्रान्तिका अवसरमा सुरक्षा दिन आएको प्रहरीको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते बनेका छन्।
मेलाको सुरक्षााका लागि पोखराको गणबाट आएका प्रहरी बोकेको ट्रक फर्कने बेला दासढुंगाको पारिपट्टी दुर्घटनामा परेको हो। दुर्घटनास्थल चितवन र तनहुँको सीमामा पर्छ।
सो ट्रकमा ३४ जना प्रहरी सवार रहेका थिए। दुर्घटनामा घाइते भएकाको अहिले भारतपुरस्थित पुरानो भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको बागमतीका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए।
‘अहिलेसम्म एक जनाको मृत्यु भएको खबर आएको छ’, नेपालखबरसँग कुरा गर्दै प्रहरी उपरीक्षक रानाभाटले भने, ‘थप विवरण आउँदै छ।’
प्रतिक्रिया