ad ad

खेल


बिगबासमा सन्दीपले लिए दुई विकेट

बिगबासमा सन्दीपले लिए दुई विकेट

नेपालखबर
माघ १, २०७६ बुधबार १२:२,

३ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै मात्र ७ रन खर्चेर २ विकेट लिएका हुन्।

हाल जारी खेलमा पहिले टस जितेर ब्याटिङ गरेकोे पर्थले सन्दीपको टोलीलाई ८७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।

पर्थ निर्धारित २० ओभरको खेलमा १३ दशमलव ५ बलमा ८६ रन जोड्दा नै अलआउट भएको हो।

पर्थका लागि जोस इङलिसले ३७ र क्यामेरोन बानक्राफ्टले १० रन जोडे। इनिङस्मा ९ ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

सन्दीपले २ विकेट लिँदा मेलबर्नका लागि ज्याक्सन कोलम्यानले २ विकेट लिए भने ग्लेन म्याक्सवेल, हरिस रोफ र नाथन कोल्टर नाइनले समान १–१ विकेट लिए।

अंकतालिकाको शीर्ष स्थानमा रहेको सन्दीपको टोली मेलबर्न स्टार्सले ८ खेलमा जित र १ मा हार व्यहोरको छ।

समान ९ खेलमा ५ मा जित र ४ मा हार भोगेको पर्थ १० अंकका साथ तेस्रो स्थानमा छ। सन्दीपको टोलीले जवाफी व्याटिङ गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .