समाज


गृहमन्त्रालयले फिर्ता गर्‍यो विशिष्ठहरुको सुरक्षामा तैनाथ ३१६ प्रहरी

गृहमन्त्रालयले फिर्ता गर्‍यो विशिष्ठहरुको सुरक्षामा तैनाथ ३१६ प्रहरी

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८० आइतबार १३:४६, काठमाडौँ

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता भइसकेको जनाएको छ। 

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस्तो बताएका हुन्। 

उनका अनुसार हालसम्म बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता गरिसकिएको छ।

मन्त्री श्रेष्ठले विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरीत बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरीका १२६ जनासहित ३१६ सुरक्षाकर्मी फिर्ता भइसकेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad