ad ad

समाज


तालिमप्राप्त कुकुरसहित संखुवासभाको पहिरोमा बेपत्ता २१ जनाको खोजी जारी

तालिमप्राप्त कुकुरसहित संखुवासभाको पहिरोमा बेपत्ता २१ जनाको खोजी जारी

नेपालखबर
असार १०, २०८० आइतबार ११:२४, काठमाडौँ

अविरल वर्षापछि संखुवासभामा गएको बाढी र पहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ।

असार २ गते राती आएको बाढी पहिरोमा परी बेपत्ता भएका २१ जनाको उद्धार तथा खोजीकार्य जारी राखिएको हो। उनीहरूको अवस्था हालसम्म थाहा हुन नसकेपछि तालिमप्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई तिव्रता दिइएको हो।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र  नेपाल प्रहरीको २ वटा तालिम प्राप्त कुकुर सहितको टोलीले बेपत्ताहरूको खोजी गरिँदै छ।

चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा आएको बाढी पहिरोले १७ जना, चैनपुर नगरपालिका-१ स्थित पिलुवा खोलामा १ जना, पाँचखपन नगरपालिका-९ स्थित अपरहेवा खोलामा १ जना र सभापोखरी गाउँपालिका-३ स्थितमा पहिरोले पुरी २ जना बेपत्ता भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .