ad ad

समाज


घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार ५, २०८० मंगलबार १५:४३, काठमाडौँ

ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाका तत्कालीन प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

असइ भदैसवारले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट नौ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा भदैसवारले उजुरी निवेदन दर्ता गर्न सेवाग्राहीसँग सो रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

उनीविरुद्ध कैद र विगोबमोजिम जरिवाना हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .