ad ad

ग्लोबल


हराएको पण्डुब्बीमा थिए बेलायती र पाकिस्तानी व्यवसायी

हराएको पण्डुब्बीमा थिए बेलायती र पाकिस्तानी व्यवसायी

नेपालखबर
असार ५, २०८० मंगलबार १५:४५,

टाइटानिक जहाज डुबेको स्थान घुम्न गएको एक पण्डुब्बी हराइरहेको छ। ओसनगेट नामक कम्पनीको स्वामित्वमा रहेको सानो पण्डुब्बीमा सवार पाँच जना बेपत्ता छन्।

बेपत्ता हुनेहरुमा बेलायती व्यवसायी र पाकिस्तानी बाबुछोरा छन्।

बेलायती व्यवसायी ह्यामिस हार्डिङ यूएईमा बसेर व्यवसाय गर्छन्। उनी एक्सन एभियसन नामक कम्पनीका मालिक हुन्। सो कम्पनीले विमानहरु किनबेचको काम गर्छ।

उनी सो पण्डुब्बीमा रहेको कम्पनीले जनाएको छ।

हार्डिङ साहसिक खेल मन पराउने व्यक्ति हुन्। उनी २०२२ मा जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनको अन्तरिक्ष उडानमा सहभागी थिए।

त्यस्तै, पृथ्वीको सबैभन्दा गहिरो स्थानका रुपमा परिचित प्रशान्त महासागरस्थित च्यालेन्जर डिपमा पनि उनी पुगेका थिए।

उनको साथमा पण्डुब्बीमा डाइभर पौल हेनरी नार्जोले पनि थिए। नार्जोलेले अनेकौँ पटक टाइटानिकसम्मको यात्राको नेतृत्व गरेका थिए।

त्यस्तै पण्डुब्बीमा पाकिस्तानी व्यवसायी शाहजादा दाउद र उनका छोरा सुलेमान पनि रहेको बताइएको छ।

उनी दाउद ग्रुपको दाउद हर्कुलस कर्पोरेसनका उपाध्यक्ष हुन्।

हराइरहेका अर्का व्यक्ति ओसनगेटकै सीईओ स्टकटन रस भएको बताइएको छ। 

हराइरहेको पण्डुब्बी पाँच जना मात्र अट्ने सानो जहाज हो। जसमा पसेर दुई घण्टा लगाएर टाइटानिकको भग्नावशेष भएको ठाउँ पुग्न सकिन्छ। त्यसपछि केही घण्टा भित्र घुमेर फेरि दुई घण्टा लगाएर सतहमा उत्रिन सकिन्छ।

यो पण्डुब्बीमा सिट हुँदैन। यात्रुहरु भुइँमा पलेटी मारेर बस्नुपर्छ। पस्नुअघि जुत्ता खोलेर जानुपर्छ।

पण्डुब्बीमा एउटा सानो ट्वाइलेट हुन्छ। एजेन्सी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .