समाज


बाढीबाट क्षतिको दुई दिनमै हेवा खोलामा बेलिब्रिज निर्माण थालियो

बाढीबाट क्षतिको दुई दिनमै हेवा खोलामा बेलिब्रिज निर्माण थालियो

बेलिब्रिज बनाउन सामाग्री झारिँदै


नेपालखबर
असार ५, २०८० मंगलबार १२:१, काठमाडौँ

यही ३ असारमा अविरल बर्षापछि आएको बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माण सुरु भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिएर पुनर्निर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।

बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो। 

पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुनर्निर्माण थालिएको छ। 

मन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहत निकायलाई निर्देशन दिएका थिए।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रतिर गएका थिए। 

तर उनीहरुले संखुवासभाको मात्रै क्षतिविवरण अवलोकन गरेर फर्किए। त्यसक्रममा मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुनर्निर्माण थाल्न निर्देशन दिएका थिए। 

मन्त्री ज्वालाको निर्देशनपछि सोमबारदेखि काम सुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए। 

‘बेलिब्रिज निर्माण सामग्री निर्माणस्थलमा पुगिसकेका छन्’ पोखरेलले भने ‘केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सुचारु गराउँछौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad