राजनीति


सुस्तासहितको नेपालको नक्शा सार्वजनिक

सुस्तासहितको नेपालको नक्शा सार्वजनिक

नेपालखबर
पुस २९, २०७६ मंगलबार १३:८,

कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाउ अभियानले सुस्तासहितको नयाँ नक्शा सार्वजनिक गरेको छ।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी अभियानले मंगलबार सीमा सहितको नक्सा सार्वजनिक गरेको हो। नक्सा सार्वजनिक गरेपछि अभियानले सरकारलाई आधिकारीक नक्शा सार्जजनिक गर्न मागसमेत गरेको छ। अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्शा जारी गर्न माग गरेका छन्। वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्सा सार्जजनिक गर्न अलमल गरिरहेको भन्दै उनले सरकारको आलोचना समेत गरे । ‘देशको नक्शा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो?’ रिसालले प्रश्न गर्दै भने, सरकारले नक्शा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने सुरु हुन्छ।

पूर्व सचिव द्धारिका ढुंगेलले नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजकि गर्न माग गरिएको बताए। उनले नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिक नभएको बताएका छन्। परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई सरकारले प्रकाशित नगरेको भन्दै उनले प्रश्न समेत गरे।

Seema-Bachau-aviyan-final-map.jpg

प्रा.डा नरेन्द्र खनालले भारतले मेची क्षेत्रको सीमा विवादमा भारतले मानेको उल्लेख गर्दै पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको विषय अझै समाधान नभएको बताए।

वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले देशको भूमी एक इन्चपनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भूभागसहितको नक्शा सरकारले जारी गर्नुपर्ने माग गरेका छन्। अभियानको नक्शा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad