समाज


नेपालगञ्ज उपमहानगर–१३ का वडा अध्यक्ष ९ हजार घुससहित पक्राउ

नेपालगञ्ज उपमहानगर–१३ का वडा अध्यक्ष ९ हजार घुससहित पक्राउ

नेपालखबर
असार १, २०८० शुक्रबार २१:१०, काठमाडौँ

नेपालगञ्ज उपमहानगरपालिका–१३ का वडा अध्यक्ष दिलावर कवडिया घुस लिएको आरोपमा पक्राउ परेका छन्। वडा अध्यक्ष कवडियासहित कार्यालय सहयोगी गंगाराम बृजवासीलाई पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। 

कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूले नौ हजार घुस लिएको आरोपमा वडा कार्यालयबाट नियन्त्रणमा लिइएको हो। 

यसबारे अहिले थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad