समाज


टोपबहादुर र बालकृष्णसहित सबै १६ जनालाई सुन्धारा जेलमा लगियो

टोपबहादुर र बालकृष्णसहित सबै १६ जनालाई सुन्धारा जेलमा लगियो

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १९:२२, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा मुछिएर थुनामा पठाउन आदेश भएका भीआईपीसहित सबै १६ जनालाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ।

यसअघिका मुद्दामा भीआईपीहरुलाई डिल्ली बजार कारागारमा राखिने गरे पनि यो प्रकरणका सबै १६ जनालाई सुन्धारा कारागारमा राख्न आदेश भएको थियो।

अदालतको आदेश अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सबैलाई भ्यानमा राखेर सुन्धारामा चलान गर्न लगेको हो। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यो प्रकरणमा लक्ष्मी महर्जन र टंक गुरुङबाहेक अरु सबैलाई थुनामा पठाउने आदेश दिएको थियो। 

अदालतले नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई जेल चलान गर्न आदेश दिएको हो। 

त्यसैगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि सुन्धारा जेलमा चलान हुने भएका छन्।

बिचौलियका रुपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र रामशरण केसी पनि सुन्धारा कारागारमा थुनामा बस्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .