कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोड भन्दा बढी रकम हिनामिना गरिएको प्रकरणमा ८ जना विरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकका टेलर सहायक दिपिका रेग्मी, तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी, ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट र दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले उनीहरुले आपसी मिलेमतोमा गैर कानुनी रुपमा बैंकबाट चार करोड, २४ लाख, १३ हजार, ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको जनाएको छ।
राष्ट्र बैंकको निर्देशिका विपरित मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरिएको अख्तियारको ठहर छ। साे प्रकरणमा बैंककी टेलर दिपीका सहित १० जना २०७४ मंसिर १६ पछि विभिन्न मितिमा पक्राउ परेका थिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब मिलान गर्दा रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी रेग्मी र उनकी आमासहित १० जनालाई पक्रेर कारवाही थालेको थियो।
पाटन उच्च अदालतले दीपिकालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गर्दै पक्राउ परेका कर्मचारीहरु प्रेमहरी ढुंगेलसँग १ करोड, गोपाल गिरीसँग ५० लाख , महेश्वर मरहठ्ठा र सलिल रेग्मीसँग जनही २५ लाख, तारानाथ पाण्डेसँग एक लाख र ब्यापारी प्रकाश घतानीसँग पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रमेशकुमार थापालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।
अदालतले सहायक रथी बिष्टलाई सेनाको आन्तरिक अनुसन्धानपछि अदालती कारबाही गरेको थियो।
उच्च अदालत पाटनका न्यायाधीशद्वय नीता गौतम दीक्षित र शेखरप्रसाद पौडेलको संयुक्त इजलासले २०७४ माघ २४ मा यस्ताे आदेश दिएको थियो।
ब्युरोको अनुसन्धानमा अन्तर शाखा कारोबारमा हिसाब मिलान भएको रकम मौज्दात रहेको देखाएर बैंकबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएको थियो। अनुसन्धानमा रकम घोटाला गर्न बैंकका न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य योजना देखिएको थियो।
ब्युरोलाई नेपाल राष्ट्र बैंकले थप अनुसन्धानको जिम्मेबारी दिएपछि आर्थिक अपराध हेर्ने पिलर २ ले अनुसन्धान थालेको थियो। घटना अनुसन्धानको क्रममा ठगी गरिएकोमध्ये करिब ७० लाख रुपैयाँ सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सहायक रथी डाक्टर रमेशराज बिष्टको बैंक खातामा जम्मा भएको देखिएको थियो।
यस्ताे छ अख्तियारकाे माग दाबी
Shares
प्रतिक्रिया