ad ad

समाज


पहाडी भेगमा पानी पर्ने सम्भावना, तराईमा?

पहाडी भेगमा पानी पर्ने सम्भावना, तराईमा?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार १, २०८० शुक्रबार ९:१७, काठमाडौँ

आज (शुक्रबार) देशका पहाडी भेगमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी पहाडी भेगमा थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको हो। कोशी प्रदेशका भने तराईमा पनि एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा पनि दिउँसो हल्का वर्षा हुने सम्भावना छ। 

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी प्रदेशका तराई र मधेश प्रदेशसहित देशका बाँकी पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

अहिलेसम्म मनसुन कोशीदेखि गण्डकी प्रदेशसम्म फैलिएको र त्यस उता पश्चिम पुगिनसकेको मौसमविद् लामिछानेले जानकारी दिए। यसैले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पश्चिमी वायुको प्रभावले केही बदली र हल्का वर्षा भए पनि यी प्रदेशका तराईमा भने २ हप्ताभन्दा बढी समयदेखि बदली र वर्षा हुन नसकेको उनले बताए। जसका कारण ती प्रदेशका तराईमा उखरमाउलो गर्मी भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .