महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालय परिसरबाट घुससहित पक्राउ गरेको जनाएको छ। उनले मोटरसाइकल चालकसँग सो रकम माग गरेका हुन्।
प्रहरी जवान खड्काको दरबन्दी कारागार सुरक्षा गार्ड कैलालीमा रहेको छ।
प्रतिक्रिया