स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्लाहीमा डीएसपीले किसानबाट एउटा खसी मागेको तर नदिएपछि ४२ वटा खसी चोरीपैठारी भन्दै लुटिएको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सिंहले बुधबार सर्लाहीको बरहथवा इलाका प्रहरी कार्यालय डीएसपीले एउटा खसी मागेको तर किसानले नदिएपछि त्यहीँ झोंकमा ४२ वटा खसी नियन्त्रणमा लिएको बताएका छन्। खसी नदिएको झोंकमा चोरी पैठारीको भनेर भन्सार
पठाइएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएर।
उक्त क्षेत्रमा मुस्लिम समुदायले खसी पाल्ने र त्यहीँबाट जीविकोपार्जन गर्दै आएकोमा आफैँ पालेको भएपनि प्रहरिले रिसइबी साँधेर फसाइको भन्दै उनले आपत्ति जनाए।
उनले नियन्त्रणमा लिइएको खसी फिर्ता गर्न माग समेत गरे।
उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकारी गराएको तर किसानले बाख्रा फिर्ता नपाएको बताएका छन्।
'त्यो घटना हुँदा म सर्लाहीमै थिएँ। मैले प्रधानमन्त्रीसँग सर्लाहीबाटै फोन गरेँ, गाउँपालिकाको सिफारिस डीएसपीले च्यातेर फाल्दियो,' उनले भने, 'त्यस्ता डीएसपीलाई कारवाही हुन्छ कि हुँदैन? कि यो सरकार मदहोश हो?'
उनले मुस्लिम समुदायलाई सरकारले नै दु:ख दिइरहेको आरोप लगाए।
'यो गेरुवस्त्रधारी सरकारको क्लियर प्लान छ कि यो देशमा मुस्लिम बस्न पाउँदैन, दलित बस्न पाउँदैन। त्यसैले मन्त्रिमण्डलमा पनि राख्नुभएको छैन,' उनले भने, 'जनतालाई दु:ख दिने काम नहोस्।'
प्रधानमन्त्रीले गेरुवस्त्र धारण गरेदेखि मुस्लिम समुदायमाथि अत्याचार सुरु भएको बताए।
Shares

प्रतिक्रिया