अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई शङ्खमूलबाट पक्राउ गरेको हो।
आरोपित भट्टराईबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। रासस
27
Shares

प्रतिक्रिया