सरकारको तरल सम्पत्ति घटेको छ। गत वर्षको तुलनामा सरकारसँग यस्तो सम्पत्ति ४५ अर्ब ३८ करोड रुपैयाँले घटेको हो।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिने वित्तीय विवरण सार्वजनिक गर्दै सरकारसँग अब १ खर्ब ८० करोड ४२ करोड रुपैयाँ नगद संचिती रहेको उल्लेख गरेको छ।
प्रतिवेदनमा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत जोडेर वैशाख मसान्तसम्म सरकारसँगै १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ नगद मौजातमा रहेको हो।
गत वर्ष असार मसान्तसम्ममा यस्तो रकम २ खर्ब २५ अर्ब ८० करोड रहेको थियो। यो वर्ष सरकारको नगद सम्पत्तिमा कमी आएको हो।
39
Shares

प्रतिक्रिया