ad ad

समाज


भारतसँग गतिलो सम्झौता नहुने बुझेपछि भ्रमणमा गइनँ : पर्यटनमन्त्री किराती

भारतसँग गतिलो सम्झौता नहुने बुझेपछि भ्रमणमा गइनँ : पर्यटनमन्त्री किराती

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८० मंगलबार १७:४९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीच उपलब्धिजनक सम्झौता नहुने बुझेरै भारत भ्रमणमा नगएको बताएका छन्। 

काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमुलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए।

उनले ओखलढुंगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए।

‘हेलिकप्टर चढिएन? भयो के? यतिसम्म भयो कि ठूला व्यापारी धनाढ्य घरानाले त उडाउने नै भए। कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने’, उनले भने, ‘७० वटा जति देशबाट त निमन्त्रणा आयो। भ्रमण पनि जान्न भन्दिएँ।’

उनले उपलब्धिमुलक नहुने भएपछि आफू भारत भ्रमण पनि नगएको जानकारी दिएका छन्। 

‘दुई देशबीच गतिलो सम्झौता हुँदैन भने विदेश पनि नजाने। त्यसैले यसपालि इण्डिया पनि नगएको’, उनले भने, ‘खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्थ्यो, तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने? ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ देखि २१ सम्म भारत भ्रमणमा जाँदा मन्त्री किरातीमातहतका कुनै सम्झौता हुन सकेनन्।

भारतले नयाँ हवाई रुट दिन अस्वीकार गर्‍यो। अर्कातिर भैरहवा विमानस्थलमा उपकरण राख्ने कुरामा पनि भारतले सहमति दिन मानेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .