काठमाडौंको काँडाघारीमा आगलागी भएको छ।
आइतबार साँझ त्यहाँस्थित तीन तले घरमा आगलागी भएको काठमाडौं परिसरका प्रहरी प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।
आगलागीबाट कति क्षति भयो भन्नने एकिन भइसकेको छैन। आगलागीको कारण पनि खुलिनसकेको र थप अनुसन्धान भइरहेको एसपी रिजालले बताए।
उपत्यकाका दमकल र सुरक्षा निकाय परिचालन गरेर आगो नियन्त्रणमा लिइएको उनले बताए।
जेठ २१, २०८०, आइतबार
213
Shares
प्रतिक्रिया