ad ad

समाज


गहुँको बिल बनाएर युरिया मल बोकेकासहित ४ वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

गहुँको बिल बनाएर युरिया मल बोकेकासहित ४ वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालखबर
जेठ २१, २०८० आइतबार १७:४८, काठमाडौँ

गहुँको बिल बनाएर युरिया मल ल्याउँदै गरेका २ सहित ४ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई पूर्वी नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दलदलेले नियन्त्रणमा लिएको हो।

बर्दघाटबाट काठमाडौंस्थित श्रेष्ठ किराना स्टोरको नाममा ४ सय २० बोरा गहुँको बिल बनाएर ल्याउँदै गरेको युरिया मलसहित ना ६ ख ५२६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसअघि गत शुक्रबार सोही प्रकृतिको बिल बनाएर अवैध रुपमा युरिया मल बोकेको ना ६ ख १८६४ नम्बरको ट्रक समेत सोही बेसले नियन्त्रणमा लिएको थियो।

यस्तै गत १९ गते शुक्रबार नै सशस्त्र प्रहरी बल नेपाल राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस पथलैयाले बेबी अम्रेला (बच्चाको छाता) बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

राजश्व छलिको आशंकामा ना ७ ख ७२९० नम्बरको ट्रक बारास्थित पथलैयाबाट नियन्त्रणमा लिइएको हो। तीन वटै ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ।

यसैगरी गत १८ गते बिहीबार भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ५५ लाख १२ हजार ९ सय ६२ रुपैयाँ बराबरको कपडा र मिनी ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनीमाई गण मोरङले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको ना ६ ख ६६६४ नम्बरको कपडासहितको मिनी ट्रक आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सह प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .