ad ad

समाज


हत्या गरिएका अभियन्ता दिलीपको परिवारलाई प्रदेश २ सरकारले ५ लाख दिने

हत्या गरिएका अभियन्ता दिलीपको परिवारलाई प्रदेश २ सरकारले ५ लाख दिने

शैलेन्द्र महतो
पुस २८, २०७६ सोमबार ५:२२,

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा बालुवा, गिट्टी उत्खननकाे विरोध गर्दा हत्या गरिएका दिलीप (‍ओमप्रकाश) महतोको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बसेको प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई ५ लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

अवैध उत्खनन गर्दै आएका क्रसर संचालाक विपीन महताे लगायतले गएको शुक्रवार विहान गाडीको लिभरले हानेर घाइते बनाई खोलामा टाउकोमै टिपर चढाएर दिलीपकाे हत्या गरेका थिए। विपीनलगायत चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ।

परिवारका एक्लो सहारा थिए अवैध उत्खननविरोधी अभियन्ता दिलीप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .