ad ad

समाज


धनुषामा चोरीमा संलग्न १३ जना पक्राउ

धनुषामा चोरीमा संलग्न १३ जना पक्राउ

नेपालखबर
जेठ १८, २०८० बिहिबार १८:४८, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मितिमा पक्राउ परेका चोरी घटनामा संलग्न १३ जनालाई सार्वजनिक गरेको छ।

बिहीवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो। चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म चोरी घटनामा पक्राउ परेका ५ सय ९ जनामध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परेपनि अभद्र व्यवहार मुद्दा दर्तामा गरी १ सय ३१ जनालाई कारागार पठाइएको प्रहरीले बताएको छ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका चोरी आरोपमा पक्राउ परेकाहरु सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरी घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा पक्राउ गरिएको उनले बताए।

उनले जेठ १० गतेसम्म चोरी आरोपमा पक्राउ परेकामध्ये एक जना धरौटीमा छुटेको, ३ जना करागार चलान भएको जानकारी दिँदै बाँकी २३ जनासहित हालको पक्राउ परेका १३ जना गरी ३६ जना अनुसन्धानको क्रममा रहेको जानकारी समेत दिए। यसका साथै विभिन्न मितिमा बरामद गरिएका १३ वटा मोटरसाइकल सार्वजनिक गरिएको छ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ सय फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे ७ करोड रुपैया भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजश्व संकलन गरिएको बताए।

उनले धनुषामा चालु आ.व.मा हालसम्म ४ सय ३८ वटा चोरी घटना भएकोमा ९९ वटा चोरी घटना मुद्दा दर्ता भएको र पीडितले जाहेरी दिन नमानेपछि चोरी घटनालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .