तनहुँमा तीन युवकविरुद्ध ज्यान मार्ने कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्ध मुद्दा दर्ता गरिएको हो।
गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथीहरूसित करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो।
थापाको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीनै जनाविरुद्ध प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो। सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो ।
प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराइ १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।
जेठ १८, २०८०, बिहीबार
27
Shares
प्रतिक्रिया