प्रतिनिधिसभा सदस्य शान्ता चौधरी एसईई परीक्षामा पास भएकी छन्।
नियमिततर्फ महेन्द्र आधारभूत विद्यालय तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अधययन गरेकी चौधरीले एसईईमा ‘बी’ ग्रेड ल्याएकी छन्।
चौधरीको सिम्बोल नम्बर ‘०५८८४५३ भी’ को प्राप्तांक २.६५ जिपिए आएको छ। २०७३ सालमा डाँडागाउँ मावि गोग्लीमा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक पढाई शुरु भएको थियो।
कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्।
उनी नेकपा संसदीय दलका सचेतक हुन्। उनी २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी थिइन्।

प्रतिक्रिया