समाज


६ प्रदेशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

६ प्रदेशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखबर
जेठ १५, २०८० सोमबार ८:४, काठमाडौँ

आज ६ प्रदेशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र बागमती प्रदेशका पहाडी भेगकै  एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का (१० मिलिमिटर पानी पर्नु) वर्षा हुने सम्भावना छ। 

यस्तै राति पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशकै पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले कुनै ठूलो ‘सिस्टम’ (पानी पार्ने मौसम प्रणाली) नरहेकाले ठूलो वर्षाको सम्भावना भने छैन।    

काठमाडौंमा बेलुकीपख छिटपुट वर्षाको सम्भावना
आज दिउँसो काठमाडौं उपत्यकामा वर्षाको सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। 

‘आज दिनभर घाम लाग्ने सम्भावना छ’, मौसमविद् पौडेलले भने, ‘बेलुकीपख उपत्यकाका कतै कतै छिटपुट वर्षा हुनसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .