ad ad

समाज


बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १७:२२, काठमाडौँ

नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ।

शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आायेजित पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको बृहत् नेपाली शब्दकोशमा विवादित शब्दहरुको रहेको भन्दै धेरै उजुरी आएको बताए। 

उनले बृहत् नेपाली शब्दकोशमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताए। 

उनले बृहत् शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरुसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताए।

हेरक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउने पनि उनले बताए।

उनले प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरुलाई साहित्यिक पत्रकारीता राष्ट्रिय पुस्कारबाट सम्मान गरिने निर्णय भएको बताए। 

जनताको संघर्ष र बलिदान र वीरताको गाथा  सौन्दर्यात्मक खोजिमा प्रतिष्ठानले जोड दिने उनले बताए।

कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटर लैजानुपर्ने चुनौती रहेको पनि बताए। आगामी ४ वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .